प्रसंशा र सिनम’ले पाए राइजिङ किड्स एण्ड टिन्स इन्टरनेसनलको उपाधि

0
204

राइजिङ किड्स एण्ड टिन्स इन्टरनेसनलको उपाधि प्रसंशा खड्का र सिनम बगालेले प्राप्त गरेका छन् । रोयल नेपाल स्टार इभेन्टको प्रस्तुति रहेको सौन्दर्य प्रतियोगिता राइजिङ किड्स एण्ड टिन्स इन्टरनेसनल नेपालको उपाधि उनीहरुले चुम्न सफल भएका हुन् ।

राजधानीमा एक कार्यक्रमबीच भएको प्रतियोगितामा टिन्सतफतर्फ समवेल प्रजापति पब्लिक च्वाइस विनर भए भने एन्नी श्रेष्ठ फस्ट रनरअप हुन सफल भइन । त्यस्तै किड्सतर्फ कलश बडे फस्ट रनरअप र निजल मगर सेकेन्ड रनरअप भएका छन् । बिजेताले उपाधिका साथै बिभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरेका थिए ।

बालबाललिका तथा टिन्सहरुको ब्यक्तित्व बिकास, क्षमता अभिबृद्धी गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रोयल नेपाल स्टार इभेन्टका प्रसिद्ध कार्कीले बताए ।

अन्तिम प्रतिस्पर्धाको प्रमुख अतिथि र निर्णयक बरिष्ठ कलाकार सरोज खनाल रहेका थिए । कार्यक्रममा गायक ध्रुव विश्को, भरत समारीलगायतले गीत सङ्गीत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here