प्रसाद भन्दै गाँजा खरिद बिक्रि गर्ने ३९ जना पक्राउ परेका छन !

0
1531

फाल्गुन १ मंगलबार काठमाण्डौ !
शिव रात्रिको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ! पक्राउ पर्नेमा दुइ जना बाबाहरु समेत रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोख्रेलले जानकारी दिनु भयो ! उनका अनुसार पक्राउ परेकालाई प्रहरी वृत गौशालामा राखिएको छ ! यसैबीच प्रहरीले तिर्थालुको अत्यधिक भिड हुने पशुपति क्षेत्रको सुरक्षा ब्यबस्था कडा गरिएको छ ! भिडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ ! त्यस मध्येमा १ सय ५० जना सादा पोसाकमा महिला प्रहरी समेत छन् ! आजको अनलाइन खबरमा समाचार छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here