प्रहरी असईद्वारा किशोरी बलात्कृत !

0
783

 चैत १४ काठमाण्डौ ! फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई  बलात्कार गरेकाे खुल्न अाएकाे छ ठटालले  कहिले विभिन्न प्रलोभन देखाउँदै त कहिले धम्क्याउँदै बलात्कार गरेर गर्भवती बनाएको आरोप लागेको छ । किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो । (स्रोत शिखर न्युज) ठटालले गर्भपतन गराउन किशोरी र उनका बुवालाई फिदिम ल्याएको खुलेको छ ।उनले किशोरीलाई मंगलबार जिल्ला अस्पताल पुर्याएका थिए । अस्पतालमा पुगेपछि हल्लाखल्ला भएपछि  घटनाले ब्यापक रुप लिएको पीडितका बुवाले  बताए।अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here