प्रियंका कार्की र प्रमोद अग्रहरीको बिबादित बनेको (कथा काठमाण्डौ “को) इन्टिमेट दृश्य रहेको ट्रेलर रिलिज ।

0
619

असोज १२ बाट प्रदशर्नमा आउने फिल्म ‘कथा काठमाडौं’को ट्रेलर रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ट्रेलरमा काठमाडौं भित्रका तीन भिन्न भिन्न कथालाई प्रस्तुत गरिएको बताइएको छ। केही समय अगाडि सार्वजनिक भएको फिल्मको गीत निकै विवादित बनेको थियो।

भिडियोमा प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट दृश्य मुख्य विवादको विषय बनेको थियो। ट्रेलरमा पनि उक्त दृष्यहरूलाई स्थान दिइएको छ। ट्रेलरमा प्रियंका र प्रमोदको इन्टिमेट दृष्य राखिएको छ। सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मूख्य भूमिका रहेको छ।

विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन्। हेर्नुहोस् ट्रेलर :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here