प्रेममा परेपछि मिलन अमात्यको डिभोर्स

0
1682

गायिका मिलन अमात्यको श्रीमान मेन्सन अमात्यसँग सम्बन्ध बिच्छेद भएको छ । पारिवारिक विवादपछि काठमाडौं जिल्ला अदालतमा पुगेर उनीहरुबिच डिर्भोस भएको हो ।

गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले मिडियालाई जानकारी दिएका छन् । उनले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । साँगीतिक जीवनमा असहयोग रहेको भन्ने गुनासो श्रीमानसँग मिलनको रहेको भन्ने बुझिएको छ । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको सन्तान भने छैनन् । उनीहरुका निकट श्रोतले बताएअनुसार मिलन केही वर्षदेखि गायक दीपक लिम्बुसँग प्रेममा छिन्। मिलनले पछिल्लो एल्बम ‘मिलन संजोग’ निकालेकी थिइन् ।पारिवारिक स्रोतका अनुसार दीपक लिम्बुको नागरिकताको नाम पनि संजोग हो । श्रीमानसँगको सम्बन्ध बिच्देछ बारे बुझ्न खोज्दा मिलन मिडियाको सम्पर्कमा आएकी छैनन् । गाला रातौ, स्लोली स्लोली जस्ता चर्चित गीतहरुमा मिलनले स्वर दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here