प्रेमी दीपक खत्रीसँग मिलेर मृतककी श्रीमती लक्ष्मी बडैला बिष्टले आफ्नो श्री मान को हत्या गरीन: भिडियो सहित|

0
679

असार १७ काठमाण्डौ | कञ्चनपुर,कैलालीको गोदावरी नगरपालिका स्थित ससुराली गएका बेला बेपत्ता बनेका पुनर्वासका तेजबहादुर विष्टको मंगलबार शव फेला परेको छ । प्रेमी दीपक खत्रीसँग मिलेर मृतककी श्रीमती लक्ष्मी बडैला बिष्टले माइती घर नजिकैको भासु भीरबाट धकेलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

माइत गएकाबेला श्रीमानलाई घुम्न जाने भन्दै खानीडाँडा लगेर भीरबाट मोटरसाइकलसहित धकेलेर हत्या गरेको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । कल डिटेलको आधारमा अनुसन्धान गर्दैजाँदा हत्याको रहस्य खुलेको प्रहरीले बताएको छ । लक्ष्मी बडैला, उनका प्रेमी खत्रीसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।स्रोत ओ एस नेपाल हालखबर नेपाल बाट .| भिडियो हेर्नुहोस…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here