‘प्रेम गीत ३’मा प्रदीप खड्काको यस्तो अवतार, भिडियो

0
58

 निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ।निर्माण यूनिटले बुधबार फिल्मको मोसन टिजर सार्वजनिक गरेको हो। जहाँ अभिनेता प्रदीप खड्कालाई भिन्न लूक्समा देखाईएको छ। मोसन टिजरका लागि निर्माण यूनिटको मेहनत प्रशस्त देखिन्छ। यो फिल्मको छायांकन भने शुरु भएको छैन्। फिल्ममा अभिनेता प्रदीप कस्तो लूक्समा देखिएलान भन्ने दर्शकको कौतुहलता मेटन निर्माण यूनिटले मोसन टिजर सार्वजनिक गरिएको निर्माण यूनिटले जनाएको छ। सुपरहिट फिल्मको सिक्वेल, ब्राण्ड ब्यानर, चलेका कलाकार लगायतका कारण ‘प्रेम गीत ३’ चर्चामा छ। आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यस फिल्ममा सन्तोष सेनको लगानी रहने छ। फिल्मलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन्।

फिल्ममा ‘प्रेम गीत’कै अभिनेता प्रदीप खड्का ‘प्रेम’को भूमिकामा देखिनेछन्। यस्तै ‘गीत’ पात्रको भूमिकामा क्रिस्टिना गुरुङले काम गर्दैछिन्। उनी निर्माण युनिटले आव्हान गरेको अडिसनमा २ हजार ७ सय १४ प्रतिष्पर्धीबाट छानिएकी हुन्। आगामी चैत २८ गते प्रदर्शन मिति तोकिएको फिल्ममा प्रदीप, क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जिवन वराल, अनुभव रेग्मी, समृद्धी शाही, शिशिर राणा, जिवन भट्टराई, क्रिजन गौतम, योगीता खत्री लगायतका कलाकारको अभिनय रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here