प्रेम दिवसमा गायक संगीतकार पुस्कर सुनुवारले गायिका मेलिना राइलाई भन्दैछन् (लाग्छ तिम्रै आँखा हेरिरहुँ)

0
2194

फाल्गुन १ मंगलबार काठमाण्डौ ! भ्यालेन्टाइनको अवसर पारेर चर्चित गायक संगीतकार पुस्कर सुनुवारको (लाग्छ तिम्रै आँखा हेरिरहु) गीतको भिडियो सार्वजनीक भएको छ !
भ्यालेन्टाइनको मौका छोपी गायक संगीतकार तथा एरेन्जर पुस्कर सुनुवारको लाग्छ तिम्रै आँखा हेरिरहुँ गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन् ! यो गीत प्रेम दिवसको दिनको बिशेष काथालाई समेटेको र प्रेमी र प्रेमिका बीच हुने सुमधुर सम्बन्धको बर्णन भएको गीत हो भन्छन, चर्चित गायक पुस्कर सुनुवार, गायक पुस्कर सुनुवारलाई गायकीमा अहिलेकि चर्चित गायिका मेलिना राइले साथ् दिएकि छन् ! यस गीतलाई डीबी लामाले रचना गर्नु भएको छ भने, संगीतपनि डीबी लामाकै रहेको छ ! र यस गीतलाई संगीत संयोजन गायक संगीतकार पुस्कर सुनुवारलेनै गरेका छन् ! भन्नेहो भने गायक संगीतकार पुस्कर सुनुवारलाई सांगीतिक फिल्डमा बहुप्रतिभाका धनि गायक संगीतकार भन्दा फरक पर्दैन ! गायकी मात्र नभई गीतलाई संगीत गर्ने गीतलाई संगीत संयोजन गर्ने काम पनि उनले बिगत लामो समय देखि गर्दै आएका छन् आफ्नो संगीतमा चर्चित गायकहरुलाई स्वरबद्ध गराएका र उनि आफैले गाएका गीतहरु तमाम संगीतप्रेमिका मन मष्तिस्कमा बस्न सफल भएका छन् ! त्यसैले गायक पुस्कर सुनुवारका फ्यानहरु उनलाई बहुप्रतिभाका धनि गायक भन्दछन् ! लाग्छ तिम्रै आँखा हेरिरहुँ यस गीतलाई सन्ध्या मुजिक प्रालिले बजारमा ल्याएको छ,अहिले सो गीतले प्रेमिल जोडीहरु मन जितेको दाबि गरका छन् गीतकार डीबी लामाले र यो गीतअहिले युट्युबमा चर्चामा छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here