फरक फरक घटनामा ३ को मृत्यु !

0
1200

माघ १८ बिहिबार काठमाण्डौ !
विदुर नगरपालिका २ पाटिपानिमा काटेको रुखले लागेर ८९ बर्षीय युकमारी शाहको मृत्यु भएको छ ! स्थानिय गौरी प्रसाद कोइरालाको बारीमा रुख काट्दा हाँगाले लागेर शाहको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बसन्त बहादुर कुँवरले बताए ! घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ! विनपा ९ कलोनिमा घरको काम गर्ने कामदारको ज्यान गएको छ ! बारा सिम्रनगढ नगरपालिका ८ बस्ने २३ बर्षीय शिव महतोले विनोद गुरुङको घर निर्माण गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको एसपी कुँवरले बताए ! घाइतेको त्रिशुलीको अस्पतालमा मृत्यु भएको हो ! त्यसै गरि तारकेश्वर गाउँपालिका ४ का ५० बर्षिय ईन्द्र बहादुर नेपालीले अम्बाको रुखमा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here