फिल्म ‘जानी नजानी’मा निरिशाको, डेब्यू अभिनयमा सफल होलिन त निरिशा ?

0
575

मङ्सिर १८ काठमाण्डौ | कलाकार नयाँ लागेपनि चलचित्र ‘जानी नजानी’को फस्टलुक भने आँखालाई शित्तल बनाउने खालको छ । चैत्र १ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यसको पोष्टरलाई लिएर चर्चा सुरु भएको छ ।

यो चलचित्रको फस्टलुकमा नायक मनिष श्रेष्ठ, सन्नी सिंह र नायिका निरिशा बस्नेत र नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

पुराना कलाकार विश्व बस्नेतकी छोरी निरिशा बस्नेत यही चलचित्र मार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछिन् । चलचित्रमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको मुख्य भूमिका छ ।

आधुनिक प्रेमकथामा आधारित यो चलचित्रमा कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here