फिल्म ‘प्रेमलीला’को हिन्दी गीत सार्वजनिक भिडियो सहित हेरेर मनोरंजन गर्नुहोस |

0
645

पुष ११ काठमाण्डौ | नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को हिन्दी गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक भएको हो ।

राजा हसन र सौमी शैलेश स्वर रहेको उक्त गीतमा डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत, पबन गौतमको छायाङ्कन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड रहेका छन् ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासँगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा रहेका छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायाङ्कन पवन गौतमले गरेका हुन् ।

फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको सङ्गीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरू अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र माघ २५ गतेबाट देशभरमा प्रर्दशानमा आउदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here