फेरि–फेरि’मा अर्पण र ऋचा

0
1635

काठमाडांै– अभिनेता अर्पण शर्मा र ऋचा शर्माको जोडी फेरी जम्ने भएको छ । चलचित्र ‘फेरि–फेरि’मा यी दुबै फेरी जोडीका रुपमा देखिन लागेका हुन् ।
पुरन थापाको निर्माण निर्देशन रहने चलचित्र कमेडी बिषयबस्तुमा निर्माण हुन लागेको हो । चलचित्रमा अर्पण र ऋचाको अलवा ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्य लगायतको अभिनय रहनेछ ।
माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने चलचित्र रेड इपिक डब्लू हेलियम एट के क्यामेरा बाट खिचिन लागिएको हो । यो क्यामर आफैले पहिलो पटक नेपाल भित्र्याएको दाबी पुरनले गरे । रामेश्वर कार्कीले खिच्ने चलचित्रमा एनबी महर्जनको द्वन्द्व र विकास चौधरीको संगीत रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here