पुष १० काठमाण्डौ | मेक्सिकोमा हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा पुयब्ला राज्यका गभर्नर मार्था इरिका अलोन्सो र उनका श्रीमान राफेल मोरिनो भल्लासहित ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । पुयब्लाको पहिलो महिला गभर्नर मार्थाले कार्यभार सम्हालेको १० दिनमात्र भएको थियो ।
संघीय सांसदसमेत रहेका मार्थाका श्रीमान राफेलले पुयब्लामा सन् २०११ देखि २०१७ सम्म गभर्नरको रुपमा काम गरेका थिए । उनलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा पनि हेरिएको थियो । स्रोत (ओएस नेपाल)