फेरी आयो दुखद खबर,मदिरा सेवन गराई १३ वर्षीया बालिका बलात्कृत |

0
791

भाद्र १२ काठमाण्डौ | १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। छोरीको घर रंगेली नगरपालिका २ जलियाटोलमा अाएका वेला सोमबार उनी बलात्कृत भएकी हुन्। स्थानीय ६० वर्षीय सुन्दरलाल झागडले मदिरा सेवन गराई उनको बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए।

‘छोरीकै घरमा रक्सी खान दिई झागडले बिहान ९ बजे र दिउँसो ३ बजे दुईपटक करणी गरेको जाहेरी पीडितले दिएकी छिन्’, कार्कीले भने, ‘झागडलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा चलाइएको छ।’ यस्तै धनपाल गाउँपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

इलाका प्रहरी कार्यालय रंगेलीले वडा नं. ४ बस्ने १९ वर्षीय भालु भन्ने महेश चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। चौधरीले ती बालिकालाई स्थानीय बोर्डिङ स्कुलछेउ एकान्तमा लगी जबरजस्ती गरेको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए।
स्रोत | thahakhabar.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here