१७ काठमाण्डौ । नुवाकोट बेल्कोटगढी ४ कि चेली नमुना तामाङको हत्या भएको छ ,उनको हत्या कसले गर्यो किन गर्यो भन्ने केहि खुल्न सकेको छैन ,केहि महिना यता देशमा हत्या हिम्सा बढिरहेको बेला फेरी नुवाकोटमा नमुना तामांग को हत्या भएको खबर आएको छ ! त्यहाँका बासिन्दा यो हत्या भए लगत्तै आक्रोशमा आएका छन् र भन्छन यति हत्या हुँदा पनि कुनै मिडिया केही बोल्न सकेन किन ? हत्यारालाइ कार्बाही होस्। एउटा मरेको गाइ खाँदा हजारौ मिडियाहरुमा न्युज हेडलाईन बन्छ। लाखौ बिरोधिहरु निस्किए तर आज एउटि चेलिको यसरी दिन दाहाडै हत्या हुन्छ,बलत्कार हुन्छ सबै मिडिया चुपचाप रहन्छ। प्रशासन मौन रहन्छ। कहाँ गए हाम्रा मानवता? कता जाँदै छ हाम्रो देश? के हेरेर बसेको छ हाम्रो देशको प्रशासन?के एउटा पशु भन्दा मान्छे ठुलो होइन र?कता गए हिजो ति महिला को पक्षमा वकालत गर्ने सरोकार वालाहरु?भन्दै त्यहाँ का बासिन्दा हरु एकदम आक्रोसमा देखिन्छन !