बच्चालाई एन्टिबायोटिक खुवाउँदा फुल्न सक्छ दाँत

0
1576

फ्लोराइडले दाँतमा विकास हुने इनामेललाई अवरोध गर्दा दाँतको केही भागमा सेतो देखिन्छ । यसलाई हामी दाँत फुलेको भन्ने गर्छौं । सानो उमेरमा औषधिको प्रयोग बढी गर्दा पछि दाँत फुल्ने समस्या देखिन सक्छ । दाँत फुल्ने समस्या बच्चादेखि नै हुने गरेको पाइन्छ । दाँत फुल्नुका कारण र उपचारबारे दन्तरोग विशेषज्ञ डा. हरीश जोशी यसो भन्छन् :

दाँतको बीच भाग, छेउमा सेतो वा पहेँलो दाग देखिएमा दात फुलेको भनिन्छ । युवा उमेरमा स्थायी दाँत बन्ने क्रम सुरु भएपछि कुनै कारणले दाँतमा समस्या देखिन जान्छ ।

क्याल्सियमको अधिक प्रयोग भएको खण्डमा एप्पल प्लेजिया हुन्छ । जसले गर्दा क्याल्सियमको केही भाग दाँतका विभिन्न स्थानमा जम्मा हुन थाल्छ । यसैले गर्दा पनि दाँत पहेँलो हुने वा फुलेजस्तो सेतो दाग देखिने हुन्छ ।

फ्लोरोसिस कमी वा बढी भएको खण्डमा पनि दाँत सेतो हुने गर्छ । इनामेल बढी भएको खण्डमा दाँत फुल्ने मात्रै होइन, यसले दाँत बांगो हुने समस्या पनि निम्त्याउँछ ।

मानिसको दाँत फुल्ने समस्या हाइपोक्याल्सिफिकेसन र फ्लोराइडको कमी अथवा बढीका कारणले देखा पर्छ ।

सानो बच्चा उमेरमा बिरामी भएको खण्डमा विभिन्न किसिमका औषधि खाइन्छ । जसले गर्दा ठूलो भएपछि दाँतमा यस्तो समस्या आउन थाल्छ । यो सबै एन्टिबायोटिकको असर हो ।

दाँतलाई चम्किलो तथा सेतो बनाउन जेलको प्रयोग गर्ने चलन छ, त्यसले पनि दाँत फुल्ने हुन सक्छ । दाँतको लेभल मिलाउन अहिले बाँध्ने चलन पनि छ । यस्तो विधिमा विभिन्न केमिकल प्रयोग हुन्छन् । यसले पनि दाँत फुल्ने समस्या निम्त्याउन सक्छ ।

रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा कमी भएकाहरूमा समग्र स्वास्थ्यसँगै दाँतमा पनि असर परेको हुन्छ । दाँत नमिल्ने, फुल्ने तथा आकार सानो हुने समस्या हुन्छ ।

दाँत फुल्नुमा दुई पक्षलाई हेर्न सकिन्छ । पहिलो, दाँत उम्रिँदै समस्या भएर हुन्छ भने अर्को, पछि समस्या हुने गर्दछ ।

मानिसले हेर्दा नराम्रो देखिने गरी दाँतमा सेतो दाग रहनु र पहेँलो भाग देखिनु भनेको दाँत कमजोर भएको पनि ठानिन्छ । कमजोर भएको ठाउँ बिस्तारै फुट्दै जाने र किराले खाने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here