बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा : एउटा सेल्फी पोस्ट”को कारणले बद्नाम नेहा शर्मा |

0
767

पुष ११ काठमाण्डौ |। बलिउडको दुनिया बाहिरबाट जति चमकदार देखिन्छ भित्र भने त्यस्तो हुँदैन । बलिउडका हिरोइनहरु केहीले निकै सफलता पाइरहेका छन् केही भने निकै संघर्ष गरिरहेका छन् । अर्कोतर्फ केही हिरोइनहरु आफैंले चाहेर विवादित बन्छ् केहीलाई भने अरुले विवादित बनाइदिन्छन् । अरुका कारण बदनाम हुनुपर्ने हिरोइनको सूचिमा पछिल्लो समय नेहा शर्मा परेकी छिन् । जसको एउटा सेल्फी अरु कसैले एडिट गरेर ट्वीटरमा अपलोड गरिदिँदा उनले धेरै बदनामी सहनुपरेको छ ।

नेहाले ट्वीटरमा आफैंले एउटा सेल्फी पोस्ट गरेकी थिइन् । यो फोटो कुनै होटलको कोठाको जस्तो देखिन्थ्यो । यो फोटो सामान्य थियो तर कसैले यो फोटो डाउनलोड गरेरएडिट गरी पुनः ट्वीटरमा पोस्ट गरिदियो । ती व्यक्तिले यो फोटो एडिट गरेर त्यसमा सेक्स टोय थपिदिए जसका कारण यो फोटो निकै भाइरल भयो । केही प्रयोगकर्ताले यसलाई साँच्चैको ठानेर रिट्वीट गरिदिँदा यो फोटो भाइरल भएको थियो जसका कारण नेहाले बदनामीको सामना गर्नुपर्यो ।
फोटो भाइरल भएपटि ट्वीटरमा विभिन्न किसिमका प्रतिक्रिया आउन थाले । केहीले कुरै नबुझी नेहालाई अपशब्द समेत भन्न भ्याए केहीले भने नेहाको साथ दिए । जब यो फोटो स्वयं नेहाले देखिन् त्यसपछि उनले वास्तविक फोटो पोस्ट गर्दै यो सबै फोटो बिगारेर बदनाम गराउने गलत नियतले गरिएको बताइन् । उनले ट्वीटरमा कसैले आफ्नो फोटो छेडछाड गरेको उल्लेख गर्दै प्रश्न गरिन् ‘आखिर मानिसहरु कतिसम्म तल झर्न सक्छन् ?’ source dc nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here