बन्ने भयो नेपालि फिल्म जय शम्भु !

0
648

फागुन १३ आइतबार काठमाण्डौ!जुना फिल्मस प्रोडक्सनको ब्यानरमा नेपालि कथानक चलचित्र जय शम्भु बन्ने भएको छ,यहि फागुन १४ गते सोंमाबर बाट छायांकन कार्य सुरु हुने भएको छ ! निर्देशक रुपेश कुमार तामाङको निर्देशनमा बन्न लागेको चलचित्र एक्सन लभस्टोरी फिल्म हुने निर्माण टीमले दाबि गरेको छ!यस फिल्ममा अनुप बिक्रम शाही,प्रशान्त ताम्राकार,बर्षा सीवाकोटी,रोशन महर्जन,करुणा पाण्डे, अनुपम श्रेष्ठ ,बसन्त भट्ट ,कालु राना लगायतका कलाकारको अभिनय रहने जानकारी निर्माण टिमले दिएको छ!यस फिल्मका गीतहरुमा प्रदिप र अर्जुन पोख्रेलको संगीत रहने छ भने,सोहि फिल्मको गीतहरुमा प्रमोद खरेल,मिना निरौला,अन्जु पन्त,सुगम पोख्रेलको स्वर रहने छ,यस फिल्मका गीतलाई रुपेश तामाङ र प्रदीपले रचना गर्नु गरेका छन्!यस फिल्ममा सिनेमाटोग्राफर हरि घले लामा छन् भने कोरियोग्राफरमा रामजी लामिछानेले गर्नुहुनेछ!यस फिल्ममा एक्सन भने श्रीश्रेष्ठको रहने छ!सम्पादन प्रविन ढकालको रहने छ,प्रोडक्सन डिजाइनरमा शंकर बस्नेत र आर्ट डाइरेक्टरमा जटा शंकर गोसाई ,छन्,मेकअपमा राजु तामाङ्ग ,हेयर स्टाइलिषमा एलिजा सिलवाल र ड्रेसमा करण बस्नेत छन्,यस फिल्मलाइ पब्लिसिटी गर्ने जिम्मा पब्लिसिटी डिजाइनर सुन्दर श्रेष्ठ आइडियल डिजाइनर्सले गर्ने छ !यस फिल्मको पोष्ट प्रोडक्सन रेड स्टुडियो रहेको छ!यस फिल्मको वितरकमा गोबिन्द शाही रहेका छन्!लाइट डिपार्ट भने श्याम लामाको समुह रहेको छ!यस फिल्मको निर्माताको रुपमा अरविन्द शाक्य, छन् भने,कार्यकारी निर्मातामा राज कुमार नगरकोटी,चक्र पाख्रिन रहेका छन् ,प्रमुख सल्लाहकारमा रमेश बोगटी रहनु भएको छ !यस फिल्म छायांकनको जिम्मा अन्नपूर्ण बेष्ट क्याम्पले लिएको छ !२०७५ शाल श्रावन १ गतेबाट देश ब्यापी प्रदर्शनको तयारीमा रहेको छ,नेपालि फिल्म जय शम्भु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here