बबिना किरातीको एल्बम विमोचन डि आर अटुको एकल संगीतमा |

0
2241



गायिका बबिना किरातीको पहिलो गीति एल्बम “मर्निङ… द बिगिनिङ” आज विमोचन गरिएको छ।
एन टिभी प्लसको प्रत्यक्ष प्रसारण हुने सांगीतिक कार्यक्रम झंकार लाइभ शो मार्फत वरिष्ठ संगीतकर्मी पारस मुकारुङले उक्त एल्बम विमोचन गर्नुभएको थियो।
बबिनाको यस एल्बममा अहिलेका लोकप्रिय संगीतकार डि आर अटुको एकल संगीत रहेको छ।

उक्त कार्यक्रमबाट यस एल्बम भित्र रहेको ” माथी माथी हिमाली भेगमा….” मारुनी गीत प्रत्यक्ष प्रसारण गरिएको थियो। यस गीतमा अटुको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको छ।
यो गीतलाई लमजुङको चर्चित पर्यटकीय रमणीय स्थल “घले गाउँमा छायांकन गरिएको छ। उक्त भिडियो भोलि बिन्धवासिनिको आधिकारिक युट्युब च्यानलबाट विश्वभर रिलिज गरिने जनाइएको छ।
विमोचन समारोहमा वरिष्ठ संगीतकर्मी पारस मुकारुङ, एरेन्जर राजु कार्की, भिडियो निर्देशक युवराज वाइवा र मोडल अनिश मगर उपस्थित थिए।

नेपाली सांगीतिक आकाशमा पृथक आवाज लिएर संगीतको यात्रा गर्न बबिनाले लिएर आएको “मर्निङमा” सात गीत समावेश गरिएको छ। जस्मा अटुको एकल संगीत अनि डि आर अटु, गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द रहेका छन् भने राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ।

नेपाली साहित्य समाज दक्षिण कोरियाको दोश्रो सौगात यस एल्बमलाई विन्धवासिनी म्युजिकले बजार व्यवस्थापन गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here