वीरगञ्जको मुर्ली चोकमा शुक्रबार अपरान्ह बम भेटिएको हल्लाले जनजीवन आतंकित बनेको छ । मूर्ली चोककै सडक छेउमा शंकास्पद बस्तु भेटिएपछि त्यस क्षेत्रको जनजीवन आतंकित बनेको हो ।
वेवारिसे अवस्थामा भेटिएको कालो रंगको ठूलो जर्किनमा बम रहेको आशंका गरिएपछि त्यस क्षेत्रको जनजीवन त्रसीत बनेको होे । शंकास्पद अवस्थामा जर्किन भेटिएको र सोही बस्तु बम भए नभएको बारे बुझ्न बरख गणबाट नेपाली सेनाको टोली आएर अनुसन्धान शुरु गरेको पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताए । ‘जर्किन भित्र बम छ कि छैन भन्ने बारे एकिन भइसकेको छैन ।’ जोशीले भने,‘नेपाली सेनाको टोली आइसकेको छ । डिष्पोज गरेपछि थाहा हुन्छ ।’