काठमाडौँ मंगलबार बरिष्ट हास्यकलाकार मदन कृष्ण श्रेष्ठ लाई यत्तिबेला पत्नी शोक परेको छ! बिगत लामो समय देखि क्यान्सर रोगले पिडामा परेकी धर्म पत्नी यशोदा सुबेदी श्रेष्ठको हरिसिद्वी स्थित क्यान्सर हस्पिटलमा गत रात करिब १० बजेर ४५ मिनेट तिर निधन भएको थियो !यशोदा आन्द्रा फोक्सो र मेरुदण्डको भाग मा क्यान्सर पिडित हुनुहुन्थ्यो !उहाको मृतुले कलाकारितामा स्तब्ध बनाएको छ !आज संसार हसायर हिड्ने मदनकृष्ण को त्यो मुहार मा एक्कासी कालो बादलको घुम्टोले छोपी दिएको छ ! साएद आफ्नो जिबन संगिनी गुमाउनुको पिडा हरिबंग्श र मदनकृष्ण ले भोग्नु भएको छ,र यसै गरि आफ्नो जिबन संगिनी गुमाउनेहरु लाइ थाहा छ!उहाको पार्थिब शरीरलाई आज मंगलबार पशुपति आर्यघाटमा अन्तिम सर्दांजलि गरिएको छ ! पशुपति आर्यघाटमा कलाकार संचारकर्मीको भिड थियो ,साथै उपस्थित सबैको आँखामा आँशु ले भरिएको थियो !