बरिष्ठ गीतकार सुभाष गौतमको (तिमि रातो सारीमा) तीज गीत बजारमा :हेरौं भिडियो |

0
2797

साउन १८ काठमाण्डौ | बिगत २० बर्ष देखि निरन्तर नेपाली गीत सांगीतिक क्षेत्रमा आफ्नो गीति लेखन मार्फत सांगीतिक फाँटमा आफ्ना चर्चित रचनाहरु नेपाली गीत संगीत दर्शक स्रोताम माझ पस्कि सकेका गीतकार गौतमका बर्षेनी तीज तथा आधुनिक गीतहरु बजारमा आउने गर्दछन् |बास्तवमा भन्ने हो भने, गीतकार गौतमका
१ जुन माग जुन दिन्छु
२ अन्मिएर तिमी चढ्ने डोलि कस्को होला,
३ साथी त्यही हो जसले दुख मा साथ दिन्छ,
४  नभए तिमी यो संसार,
५ म सङ्ग तिमी हिंड्दै छ्यौ हेर त जमाना जलेको,
६ घुम्टो खोल अझै राम्री देखिन्छ्यौ कि कतै,
७ नखोज टुटेको सम्बन्ध जोड्न,
८ कस्तो होला म मर्ने दिन, जस्ता दर्जनौ गीत नेपाली गीत संगीत बजारमा हिट छन् | उनका चर्चित गीतहरुमा चर्चित गायकहरु फत्तेहमान राज भण्डारी ,सुरेश अधिकारी ,उदित नारायण झा ,रामकृष्ण ढकाल ,दिपक लिम्बु राजेश पायल राई, अनुप रेग्मी, मल्लिका कार्की. शर्मिला बर्देवा, जस्ता गायक गायिका हरुले स्वर भरिसकेका छन् भने ,अहिले आउंदै गरेको तीजलाई मध्ये नजर गर्दै गीतकार गौतमको शब्दमा गायिका सरु गौतम र गायक बिर्ख धामीले( तिमि रातो सारीमा) बोलको तीज गीतको भिडियो बजारमा ल्याएका छन् |

माया प्रेमका गीतमा अब्बल मानिएका गीतकार माया प्रेमलाई यथार्थ चित्रण गरी मायालु रातो सारीमा पनि राम्री देखिनछिन् भन्ने कुरालाई प्रष्ट देखाइएको छ भन्छन गीतकार गौतम | सार्वजनिक उक्त गीतमा गीतकार गौतमको शब्द/ संगीत ,गायिका सरु गौतम र गायक बिर्ख धामी”को आवाज ,अशोक बिक:को निर्देशन ,अमर बिक:को सम्पादन, बाशु बरालको छायांकन ,लोकेन्द्र खत्रीको र्याप, तथा करिश्मा ढकाल र राज चौधरीको नृत्य तथा अभिनय रहेको छ | उक्त गीतको भिडियोलाई बुढा सुब्बा डिजिटलको युट्युब च्यानल बाट अपलोड गरिएको छ | हेरौं भिडियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here