बलात्कारी होटलबाटै समातिए, एउटा बलात्कारी प्रोफेसरको स्ट्रिङ अपरेशन- युवतीको उद्धार (भिडियो)

0
665

काठमाडौं, ४ मंसिर । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३०३ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर पक्राउ
काठमाडौं, ४ मंसिर । नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ ।

कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।
२. चाकडी र घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टरले दिए राजिनामा

काठमाडौं । वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. धु्रवराज अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका छन् । लामो समयदेखि वीर अस्पतालमा कार्यरत डाक्टर अधिकारीलाइ वीर अस्पतालमै पोष्टिङ हुन नसकेपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको बताएका हुन् ।

३. झापाको पशुपति माविमा आर्थिक अनियमिता, अख्तियारमा उजुरी
झापा । झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल र सहायक प्रधानाध्यापक गुणनिधी लँुईटेलले आर्थिक अनियमितता गरेको देखाएका थियौँ ।

गत कार्यक्रममा रिपोर्ट प्रशारण भए लगत्तै विद्यार्थीका नाममा विभिन्न शिर्षकमा रसिद काट्दै छात्रावृत्ति वापतको एक लाख रुपैयाँ रकम मिलान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here