बलात्कार भएको प्रमाण देखिएन : पिडित युवतीको मेडिकल रिपोर्ट !

0
1172

माघ १९ शुक्रबार काठमाण्डौ !
अघिल्लो साताको बिहिबार दरवार मार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आएको छ ! रिपोर्टमा सामुहिक बलात्कार भएको ईभिडेंस नभेटिएको उनको स्वास्थ्य परिक्षणमा संलग्न स्रोतले जनाएको आजको अनलाइन खबरमा समाचार छ ! स्रोतले भन्यो बलात्कृत भएको हो भन्ने ईभिडेंस केहि फेला परेन पिडित भनिएको युवतीको यौनांग पहिल्यै देखि सेक्सुअल्लि एक्टिभ भएको देखिन्छ ! त्यसैले पनि ईभिडेंस फेला नपरेको हुन सक्छ !स्वास्थ्य परिक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको होकी जस्तो संकेत हुन्छ !
यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ! काठमाण्डौ प्रहरी परिसरले बनाएको छानविन टोलीका एक सदस्यले भने मेडिकल रिपोर्टका आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताए ! मेडिकल रिपोर्टकै आधारमा बलात्कार भयोकि, भएन भन्ने होइन ! प्रहरीले भने हामि थप अनुसन्धान गरिरहेका छौँ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here