बलात्कार विरुद्ध कालो पहिरनमा उत्रे बुटवलका युवती

0
531

देशभर भइरहेका बलात्कारका घटनाहरुका विरुद्ध बुटवलका युवतीहरुले मौन विरोध गरेका छन् । देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि कालो रङ्गको प्रोफाइल राखेर विरोध चलिरहेको छ यसै क्रममा बुटवलका युवतीहरुले पनि कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।

‘जो बोल्दैन उ बलात्कारी,जो सुन्दैन उ बलात्कारी , तिमी बलात्कारी’ अर्थात् बलात्कार विरुद्ध नबोल्ने ,नसुन्ने र आवाज नउठाउने पनि बलात्कारी हो भन्दै उनीहरुले बलात्कार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेको विरोध प्रदर्शन कार्यक्रमकी संयोजक सुष्मा न्यौपानेले बताइन् ।उनीहरुले विरोेधको पहिलो चरण अन्तर्गत सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल सडकखण्ड अन्तर्गत बुटवल–११ , कालिकानगरमा कालो पहिरनमा मौन विरोध जनाएका छन् ।

सबै तस्विर सौजन्य : बसन्त श्रेष्ठ (गायक)
उनले भनिन् ‘देशभर बलात्कारका घटना बढेका छन् । यस विरुद्ध आवाज उठाउन फेसबुकमार्फत सम्पर्क गरेर हामी जम्मा भएका हौं । यो अभियान रुपन्देहीका अन्य स्थान र आज देशभरका विभिन्न् ठाउँमा चलेको छ ।’ विरोधमा ५० जना भन्दा बढी युवतीहरु सहभागी जनाएको उनले बताइन् । शनिबार बिहान ९ बजेदेखि सुरु विरोध ११ बजेसम्म जारी रहने र सो को प्रतिक्रियापछि आगामी कार्यक्रम तय गरिने उनले बताइन् । युवतीहरुको विरोध कार्यक्रमलाई केहि युवा तथा स्थानीयले पनि एउक्यबद्धता जनाउँदै साथ दिएका छन् ।

सबै तस्विर सौजन्य : बसन्त श्रेष्ठ (गायक) समाचार ग्लोबल आवाज बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here