बलिउडकी विवादित आइटम डान्सर राखी सावन्त बिबाह गर्दै |

0
603

मङ्सिर १७ काठमाण्डौ | बलिउडमा एकपछि अर्को बिहे भइरहेका छन् । इटलीमा दिपिका पादुकोण र रणवीर सिंहको बिहे भएको एक महिना नबित्दै अर्की बलिउड सुपरस्टार प्रियंका चोपडाको बिहेको प्रक्रिया सुरु भइसकेको छ । यही बीचमा बलिउडकी विवादित आइटम डान्सर राखी सावन्त पनि बिहे गर्दैछिन् ।

रोचक त के भने राखीका बेहुला पनि राखीजस्तै निकै विवादित छन् । आफ्नो बिहेबारे राखी स्वयंले जानकारी दिएकी हुन् । उनले एक कार्ड सामाजिक संजालमा शेयर गर्दै आफ्नो बिहेबारे जानकारी दिएकी हुन् । उनको बिहे ३१ डिसेम्बरमा हुँदैछ ।

राखीका हुनेवाला बेहुला हुन् विवादित युट्युब स्टार दिपक कलाल । दिपक आफ्ना विचित्र र विवादित भिडियोका कारण निकै चर्चामा रहन्छन् । कमेडियन दिपक कलाल इण्डियाज गट ट्यालेन्टमा पनि भाग लिइसकेका छन् । राखीले आफ्नो बिहेको पुष्टि गरेकी छिन् ।

बलिउडमा सबैले बिहे गरिरहेको अवस्थामा आफूले पनि बिहे गर्नुपर्ने लागेको उनले बताइन् । राखीका अनुसार दिपकले उनलाई इण्डियाज गट ट्यालेन्ट शोको क्रममा प्रपोज गरेका थिए । राखीको बिहे ३१ डिसेम्बरमा अमेरिकाको लस एन्जल्समा हुँदैछ । लस एन्जल्समा कहाँ बिहे हुने भन्नेबारे कुनै जानकारी आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here