बलिउडमा संवेदनशील दृश्यको लागि निगरानी गर्न थालियो |

0
300

भारतमा ‘मि टू’ अभियानले आन्दोलनकै रुप लिन थालेपछि बलिउडमा संवेदनशील दृश्यको लागि निगरानी गर्न थालिएको छ । फिल्म निर्माण टोलीले आधिकारिक रुपमै निगरानीको लागि नियुक्ति दिएकाे हाे ।

निर्देशक राम कमल मुखर्जीले याैन हिंसा हुनसक्ने तर्फ सचेत हुँदै पहिलो पटक आफ्नो फिल्मका लागि यसरी संवेदनशील सिनको क्रममा निगरानी बढाउन सेट नै बनाएका हुन् ।

मिडियाका अनुसार सेलिना जेट्लीको सुझाव र आवस्यकता अनुसार यसरी फिल्ममा छुट्टै टीम बनाएर निगरानी बढाइएको हो । संयोगवश जेट्लीले अभिनय गर्ने नयाँ फिल्ममा थुप्रै ‘इन्टिमेट सिन’ पनि रहने बताइएको छ । जहाँ अझर खान उनीसँग प्रेमीको रुपमा अभिनय गर्ने छन् ।

फिल्ममा याैन हिंसा रोक्नकै लागि नयाँ टीम नै बनाएपछि जेट्ली र खानले फिल्म सूटिङको क्रममा आफूहरुलाई काम गर्न सहज भएको प्रतिक्रिया दिएका छन् । रोचक कुरा त, यसरी निगरानी बढाउने ‘क्रु’ मा पनि महिलाहरु नै छन् ।

बलिउडका अभिनेत्रीहरुले फिल्म सूटिङकाे क्रममा आफूमाथि याैन हिंसा भएकाे आराेप निर्देशक तथा निर्मातामाथि लगाउने क्रम बढिरहँदा पहिलाे पटक यस्ताे अभ्यास सुरु भएकाे हाे । र याे निर्णय सकारात्मक भएकाे टिप्पणी धेरैकाे छ ।

स्रोत annapurna post |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here