बलिउड अभिनेता इरफान खान भन्छन तपाईँहरुकै कारण म बाँचेको हुँ |

0
214

दुर्लभ प्रकृतिको भनिएको न्युरो इन्डोक्राइन रोगसँग जुधिरहेका बलिउड अभिनेता इरफान खानले लामो समयपछि सार्वजनिक रुमपा आफ्नो स्वास्थ्यबारे अभिव्यक्ति दिएका छन् ।

अघिल्लो वर्ष ट्वीटरमार्फत नै आफ्नो स्वास्थ्य समस्याबारे सार्वजनिक गरेका उनले अहिले ट्वीटरबाटै आफूलाई ठीक हुँदै गरेको प्रतिक्रिया दिए । उनले लेखेका छन्, ‘कति पटक हामी जित्ने दौडमा रहँदा प्यार पाउन कति महत्वपूर्ण छ भन्ने कुरा नै भुल्छौँ, अहिले म आफ्नो प्रेमको निशान छाुड्छु । र तपाईँ सबैलाई प्रेम र सहयोगका लागि धन्यवाद दिन चाहन्छु । तपाईँहरुकै प्रार्थनाको कारण मलाई ठीक हुन सजिलो भयो । अब म तपाईँहरुको साथ आएँ । सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।’

इरफान खान जब बेलायतको लण्डनमा उपचार गरेर मुम्बइ फर्किएपछि आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै ट्वीटरमा यस्तो लेखेका हुन् । गत वर्ष मार्चमा उनले ट्वीटरमै आफूलाई न्युरो एन्डोक्राइन ट्युमर भएको जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here