बलिउड अभिनेत्री श्रद्धा कपुरको फिल्म ‘स्त्री’ ले, पहिलो दिनमै ७ करोडको कमाइ गर्यो |

0
379

भाद्र २० काठमाण्डौ | बलिउड अभिनेत्री श्रद्धा कपुरको पछिल्लो चलचित्र ‘स्त्री’ ले निकै राम्रो व्यापार गरिरहेको छ ।बक्स अफिसमा निरन्तर असफल चलचित्र आएपछि हतास भएकी श्रद्धाले अभिनय गरेको यो फिलमले राम्रो कमाइ गरेको छ ।बक्सअफिसमा एकपछि अर्को असफलता हात लागेपछि उनी बलिउडमा अहिलेका अभिनेत्रीभन्दा धेरै पछि पर्ने चर्चा सुरु भएको थियो । तर, उनी अभिनीत हरर कमेडी ‘स्त्री’ ले उनको करिअरमा सफलता मिलेको छ ।

फिल्मले पहिलो दिन शुक्रबार करिब ७ करोडको कमाइ गरेको यो चलचित्रले शनिबार १०.८७ करोडको कमाइ गर्यो । त्यस्तै, आइतबार १४.५७ करोडको कमाइ गर्यो । सोमबार ९।७० करोड कमाइ गरेको चलचित्र निर्माण पक्षले जनाएको छ ।वर्ड अफ माउथ निकै गतिलो पाएको यस चलचित्रले ४ दिनमै ४१.९७ करोड कमाइ गरिसकेको छ । चलचित्र ४ दिनमै बक्स अफिसमा सुपरहिट भइसकेको छ । फिल्ममा राजकुमार राव र श्रद्धा कपुरको अभिनय गरेको छ । स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here