बलिउड नायिका प्रियंका चोपडा, बैबाहिक सम्बन्धमा बाधिदै |

0
797

भाद्र ३ काठमाण्डौ | बलिउड नायिका प्रियंका चोपडा चाडै नै बैबाहिक सम्बन्धमा बाधिदैछन् । हिजो मात्र प्रियंकाले निक संग इंगेजमेन्टको औपचारिक खुशीयाली बाडेकी छिन् ।

उनले आफुभन्दा ११ बर्ष कान्छा निक संग विवाह गर्ने भएकी हुन् । उनको इंगेजमेन्टको घोषणा गरेसंगै धेरै कलाकारहरुले बधाई तथा शुभकामना दिएका छन् । एक ताका प्रेमी प्रेमिकाको रुपमा चर्चामा आएका शाहीद र प्रियंका त्यस बेला पनि आफ्नो प्रेमका बारे बोलेका भने थिएनन् ।

प्रियंकाको इंगेजमेन्टको अवसर पारेर शाहीदलाई प्रियंकाको इंगेजमेन्ट कुरालाईइ लिएर प्रश्न गर्दा, शाहीद भन्छन् ” म उसको लागि धेरै खुशी छु । धेरै शुभकामना । विवाह एउटा धेरै राम्रो चिज हो, म अनुभवको साथ भन्न सक्छु । अल द बेस्ट टू हर’|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here