बलिबुड अभिनेता आमिर खान र तेलगु स्टार प्रभास एउट्टै फिल्ममा |

0
763

भाद्र १३ काठमाण्डौ | बाहुबलिले उच्च स्थान हासिल गरेका प्रभास र बलिउडमा निक्कै जमेका नायक आमिर खान अव एकै पर्दामा देखिने भएका छन् । उनिहरु सबैभन्दा ठूलो बजेटको फिल्म ‘महाभारत’को लागि प्रभासलाई अफर गरिएको छ । यो फिल्म ३ भागमा बन्ने बताइएको छ ।

यस फिल्ममा रिलायन्स इन्टरटेनमेन्टका मालिक मुकेश अम्बानीले १ हजार करोडको लगानी गर्नेछन् । आमिर चाहन्छन् कि यो फिल्मलाई बाहुबलीका निर्देशक एसएस राजामौलीले नै निर्देशन गरुन् । द्रौपदीको भूमिकामा दीपिका देखिदैछन् भने कृष्णको भूमिकामा आमिर आँफै देखिने छन् ।

कास्टिङ पनि सुरु गरेका आमिरले ‘महाभारत’ लाई हलिउड फिल्म ‘लर्ड अफ द रिङ्स’ र ‘गेम अफ थ्रोन्स’जस्तै गरी बनाइनेछ । फिल्म बनाउनको लगि १० देखि १५ वर्षको समय अवधि लाग्ने बताइएको छ । यस फिल्ममा आमिरले शकुन बत्राको ओशोको बायोपिक होल्ड गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here