बलिबुड अभिनेत्री प्रियंका चोपडा भन्छिन: म सिंगल छु !

0
1358

माघ २५ बिहिबार काठमाण्डौ !
हलिउडमा समेत स्टार बनिसकेकी बलिबुड नायिका प्रियंका चोपडाले आफु एक बर्ष देखि कसैको प्रेममा नरहेको प्रष्ट पारेकी छिन् ! फिल्म फेयर म्यागेजिनसंग विशेष कुराकानीमा उनले आफ्नो जीवन र प्रेमको विषयमा खुलाएकी छिन् !

के तपाई अहिले कसैसंग हुनुन्छ? भन्ने प्रश्नमा

उनले भनेकी छिन् ,अहिले म सिंगल छु ! पक्कै पनि म प्रेममा थिए ! तपाइँ किन मैले प्रेमनै गरिन भनेर सोंच्दै हुनुन्छ ! तर अहिले म सिंगल छु !

के तपाइँ क्वाँटीको सिरियलका कोहि पनि कलाकार संग प्रेम गर्नु भएन ?
भन्ने प्रश्नमा उनले भनेकी छिन् ,अहँ मैले गरिन ! किनकि उनीहरु सबै बिबाहित थिए !
के तपाइँ अमेरिकामा कसैसंग डेटमा हुनुहुन्थ्यो ? भन्ने प्रश्नमा उनले भनिन ,हजुर म थिएँ ,भनेर जवाफ दिईन ! यसलाई लामो समय सम्म लैजाने योजना भएन भन्ने पत्रकारको प्रश्नमा उनले भनेकी छिन्, अहँ भएन नत्र तपाइले थाहा पाइसक्नुहुन्थ्यो !
नायिका चोपडाले लामो समय देखि आफु प्रेममा नरहेको बताउंदै धेरै जना संग आकर्षण त भएको तर, प्रेम नभएको बताएकी छिन् ! उनले आफु निक्कै गम्भीर प्रेममा रहेको तर एक बर्ष देखि सिंगल रहेको खुलाएकी छिन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here