बलिबुड गायक अरिजित सिंह विवादमा !

0
1283

माघ १६ मंगलबार काठमाण्डौ !
गायकीबाट सबैको मन जित्दै आएका अरिजित अहिले विवादमा छन् ! एउटा पुरानो भिडियो सामाजिक संजालमा आएपछि उनको पक्ष बिपक्षमा बोल्ने देखि मजाक उड़ाउनेहरु सम्म सलबलाएका छन् ! भिडियोमा उनि रकस्टार फिल्मको (नादान परिंदे) गाईरहेका देखिनछन् ! गाउँदै जाँदा माईक निहुरिनछ, अनि उनि एक्कासी मुख छोडछन् ! आयोजक तुरुन्तै स्टेजमा आएर उनको माइक मिलाई दिन्छन ! अद्यपी अरिजित रौद्र मुद्रामै देखिनछन् ! उनि गितार बजाउंदै स्टेज कभर गर्छन ! एक मिनेटको भिडियोलाई लिएर भारतका सामाजिक संजाल प्रयोग कर्ताहरुले अनेक ट्रोल र मिम हरु बनाइ रहेका छन् ! उनले दर्शक सामु रिस नदेखाएको भए राम्रै हुने सल्लाह दिएको छ ! पछिल्लो समय बलिबुडका अधिकाम्श फिल्ममा अरिजित्को स्वर अनिवार्य जस्तै हुने गरेको छ ! उनले गाएका सबै गीत सर्वाधिक हीट पनि हुन्छन ! उनलाई( किङ्ग अफ हिन्दि म्युजिक) भन्न थालिएको छ ! सन् २००५ को एउटा रियालिटी शोमा भाग लिंदा उनि उत्कृष्ट पाँचमा पनि परेका थिएनन् त्यसपछि उनले गुजारा चलाउन प्रितम चक्रवर्ती ,बिशाल शेखर जस्ता संगीत निर्देशक संग काम गरे ! उनि डमी गाउने प्रोग्रामिङ्ग गर्ने लगायतका काम गर्थे ! पश्चिम बंगालको सानो गाउँमा हुर्किएका उनलाई प्रितमले नै प्लेब्याक सिङ्गिङ्गमा उतारेका थिए ! कर्लि कपाल र दाह्रीवाला लुक्स बारे प्रश्न सोद्धा उनि भनछन् ,फुर्सद नभएर काँटछाँट नगरेको हो ! तर म यस्तै भयानक हुलियामै देखिन रुचाउँछु ! धेरै जसो शान्त र लजालु स्वभावमा देखिनछन् गायक अरिजित !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here