चर्चित भारतीय अभिनेता राजकुमार राओ र मनोज बाजपेयी मुख्य भुमिकामा रहेको चलचित्र “लभ सोनिया” को ट्रेलर सार्वजनिक भएको छ ।दुई मिनेटको लमो उक्त टे«लरमा मानव तस्करको कथालाई जोडीएको छ । फिल्ममा नायीका म्रुनल थकुरले सोनियाको भुमिकामा अभिनय गरेकी छन् ।
उनले यहि फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।चलचित्रमा रिटा चाड, फिडिडा पिन्टो, डेमी मूर, अनूपम खर, मनोज बाजपेयी, राजकुमार राव, आदिल हुसैन र साई तमेशर, प्रेम सोनिया सहित एक स्टाटलर कलाकारहरुको अभिनय रहेको छ ।
डेभिड वोमार्क र तब्रेज नुरानीले फिल्मको निर्माण गरेका छन् । अमर बटुला चलचित्रका सहनिर्माता हुन् भने कार्यकारी निर्मातामा शेलिनी थकराय, दीपक नायर र प्रवेश साहणी रहेका छन् ।