बलिबुड नायक सलमान खान जमानतमा रिहा हुँदै।

0
810

चैत २३ काठमाण्डौ। एजेन्सी बलिउड नायक सलमान खानलाई हिजो बाट जोधपुर सिजेएम कोर्टले ५ वर्षको जेल सजाय सुनाइसकेको छ । सलमानका करोडौं फ्यानहरुको ध्यान आज जोधपुर सेसन कोर्टतर्फ छ । किनकि त्यहाँ उनलाई जमानत दिने वा नदिने भन्ने फैसला हुनेछ । आज सलमान जमानतमा छुट्न खासै गाह्रो देखिँदैन । उनलाई जमानतमा आजै रिहा गरिने सम्भावना छ ।फैसलापछि उनले एक दिन जेलमा भने बिताई सकेका ।
यस कारण पनि सलमान जमानतमा छुटन सक्छन ।
सबैभन्दा मुख्य कारण विगत २० वर्षमा अदालतले सुनुवाइको लागि बोलाउँदा उनी स्वयं अदालत हाजिर भएका छन् ।
२. सलमानले जाँच एजेन्सीलाई पनि घटनाको जाँचमा पूर्ण सहयोग गरेका छन् ।
३. सलमानले मुम्बइ हिट एण्ड रन केसमा जस्तो यो मुद्दामा मिडियामा कुनै किसिमको बयानबाजी गरेका छैनन् । न उनले अदालतको विषयमा प्रश्न उठाए न मजाक नै उडाए ।
४.यो मुद्दामा मुछिएका आरोपी रहेका सलमानबाहेकका अन्यलाई रिहा गरिएकोले उनलाई पनि जमानतमा रिहा गर्ने सम्भावना अत्यधिक रहेको छ ।
५. यही मुद्दासँग जोडिएको हतियारसम्बन्धी मुद्दामा सलमान रिहा भइसकेकोले यो मुद्दामा पनि रिहा हुने सम्भावना बलियो हुन्छ ।
६. सलमानलाई हाइकोर्टले सबै आरोपबाट मुक्त गरिसकेकोले यहाँ पनि जमानत दिइने सम्भावना रहन्छ ।
यदि सेसन कोर्टबाट जमानत नभएमा सलमान आजै जेलबाट छुट्न सक्ने सम्भावना कम देखिन्छ । स्रोत (शिखर न्युज बाट) तर केही दिनपछि भने उनी जेलबाट छुट्ने सम्भावना रहन्छ । यदि यहाँबाट जमानत नपाए सलमानका वकिल हाइकोर्ट वा सर्वोच्च अदालत जान सक्छन् । यस्तो अवस्थामा सलमानलाई जेलबाट बाहिर आउन केही समय लाग्न सक्छ । सीजेएम कोर्टले यो फैसलामा पुनरावेदनको लागि ६० दिनको म्याद राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here