बलिबुड नायक सलमान खान प्रहरी हिरासतमा ।

0
900

चैत २२ |वीस वर्ष पुरानो कालो हरिण मारेको मुद्दामा भारतको जोधपुर अदालतले बिहीवार फैसला गर्ने भएको छ ।
सन १९९८ मा चलचित्र ‘हम साथ साथ है’ को सुटिङको सिलसिलामा राजस्थानमा सलमान खान र उनको समुहले कालो हरिण मारेको अभियोग लागेको हो । सलमानबिरुद्ध आर्म एक्ट अनुसार मुद्दा दर्ता भएको थियो भने ,यहि सन्दर्भमा सलमानलाई चारवटा अभियोग पनि लगाईएको थियो । तीन हरिण शिकार र अर्को लाइसेन्स नभएको पेस्तोल बोकेको । हरिण शिकार अभियोगमा सलमान १८ दिन प्रहरी र न्यायिक हिरासतमा बसेका छन् । वाइल्ड लाईफ एक्टको धारा १४९ अनुसार कालो हरिण शिकारको अभियोगमा ७ वर्षसम्म जेल सजाय हुन सक्ने सम्भावना छ । बलिउड स्टारहरु सलमान खान, सेफ अलि खान, नीलम, तब्बु र सोनाली बेन्द्रे यो मुद्दामा परेका छन् । बुधवार पेसीका लागि सबै कलाकार अदालतमा उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here