बलिबुड फिल्म ‘बागी’को तेस्रो संस्करण’मा टाइगर श्राफ संगै सारा अलि |

0
614

पुष १५ काठमाण्डौ | बलिउडमा नायक टाइगर श्राफलाई स्टार बनाएको चलचित्र हो, ‘बागी’ । यो चलचित्रको दोश्रो सिरिज पनि बक्स अफिसमा हिट भयो । यसैले पनि टाइगर श्राफका लागि यो चलचित्र विशेष छ । यो चलचित्रको दोश्रो सिरिज हलमा चलिरहँदा नै यसका निर्माता साजिद नाडियाडवालाले तेश्रो सिरिज बनाउने घोषणा गरिसकेका थिए । यसैले पनि यो चलचित्रका लागि नायक श्राफले कडा मिहिनेत गरिरहेका छन् । चलचित्रमा टाइगरको एक्सनले दर्शकको मन जितेको थियो ।

पहिलो सिरिजमा चलचित्रमा श्रद्धा कपुर देखिएकी थिइन् भने दोश्रो सिरिजमा नायिका दिशा पटानीलाई दर्शकले हेर्न पाएका थिए । अब, यो चलचित्रको तेश्रो सिरिजमा नायिका साराअली खानले काम गर्न लागेको खबर भारतीय मिडियामा छाएको छ । onlinekhabar |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here