बसको ठक्करबाट २ प्रहरीको मृत्यु !

0
817

फागुन २१ काठमाण्डौ ! पोखरा बिजय पुरमा बसले ठक्कर दिंदा २ प्रहरी जवानको मृत्यु भएको छ ! बा ४ ख ५७५८ नम्बरको बसले थकार दिंदा ग ११ प् ३६४५ नम्बरको मोटर साइकलमा सवार शुशिल बानियाँ र प्रदिप कुमार यादवलाई ठक्कर दिंदा उनीहरुको मृत्यु भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए ! मृत्यु हुने दुबई प्रहरी जवान वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए ! प्रहरीका अनुसार कास्की अस्पतालले मोटरसाइकल चालक बानियाँलाइ र मोटरसाइकल पछाडी बसेका प्रदिप कुमारलाई उपचारका क्रममा मृत घोषणा गरेको थियो ! बाग्लुंगबाट काठमाण्डौ जाँदै गरेको पोखरा गए राति ९ बजे ठक्कर दिंदा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ! उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको शव गृहमा राखिएको छ ! पोष्ट मार्टम पछि आफन्तलाई बुझाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here