बसपार्कस्थित बिजी मलको ग्राउण्डबाट चलचित्र लिलिबिलीलेआफ्नो प्रचार सुरु गरेको छ

0
817

बसपार्कस्थित बिजी मलको ग्राउण्डबाट चलचित्र लिलिबिलीलेआफ्नो प्रचार सुरु गरेको छ चैत। २६ काठमाण्डौ । २०७४ ।चैत्र ३० गते बाट प्रदर्शन हुने चलचित्र लिलिबिली ले यतिबेला प्रचार प्रसार लाई तिब्र गतिमा लागि रहेको छ ।केही दिन अगाडि मोफसलका विभिन्न शहरहरुमा प्रचार प्रसार गरिनु का साथै जापानमा समेत चलचित्रको प्रिमियर शो गरी सकेको चलचित्र लिलिबिलीको निर्माण टिमले अहिले राजधानीमा प्रचार प्रसार सुरु गरेको छ ।राजधानीमा प्रचार प्रसार शुरु गर्ने क्रममा चलचित्र लिलिबिलिको निर्माण टिमले गएको बिहिबार नयाँ बसपार्कस्थित बिजी मलको ग्राउण्डबाट चलचित्रको काठमाण्डौमा प्रचार प्रसार सुरु गरेको हो । चलचित्रका प्रमुख पात्र प्रदीप खड्का र जसिता गुरुङसँगै निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का र गोविन्द शाहीको उपस्थित रहेको कार्यक्रममा सयौको सख्यामा दर्शक हरुको उपस्थित रहनुका साथै नायक प्रदीप र नायिका जसितासँग सयौं दर्शकहरुले सेल्फीको साथ साथै ‘आई लब यू’ भन्दै गुलाबको फूलले न्यायो माया दर्साएको पनि बताइएको छ ।चलचित्र लिलिबिलीमा प्रदीप खडका,जसिता गुरुङ्, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु अभिनय रहेको छ । स्रोत( नेपाली रजतप डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here