बस दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ।

0
662

भाद्र ८ काठमाण्डौ | तुलसीपुर १४ खौसापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१७ नम्बरको बस खौसापुरदेखि करिब तीन समय मिटर अगाडि पनेर्नी खोलामा पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बसमा सवार भारत शिवहरीका बस्ने अन्दाजी ३० वर्षीय हरिकिशोर गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बसले च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त दुर्घटनामा २३ जना घाइते भएका छन् । तीमध्ये तुलसीपुर १८ निवासी बिमल वली र तुलसीपुर ११ जसपुर निवासि मीना बुढाथोकिको नेपालगञ्जमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ। बस बाटोबाट केही मिटर तल खसेको छ। दुर्घटना मंगलबार दिउँसो सवा २ बजेतिर भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

त्यस्तै तुलसीपुरमा दुई ट्याक्सी एक आपसमा ठोक्किदा एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज २१० नम्बरको ट्याक्सी र विपरीत दिशाबाट जाँदै गरेको लु १ ज १२३२ नम्बरको ट्याक्सी आपसमा ठोक्किदा शान्तिनगर गाउँपालिका ३ निवासी ३२ वर्षीया राधिका कडेंलको मृत्यु भएको प्रहरीले बताएको छ। राप्ती अञ्चल अस्पतालमा उपचर पछि थप उपचारका लागि कोहलपुर लगिएको अवस्थाको उनको मृत्यु भएको हो।

स्रोत थाहा संवाददाता समाचार |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here