बस दुर्घटना ३६ को मृत्यु: भारतमा !

0
1243

माघ १६ काठमाण्डौ मंगलबार !
भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा एक बस पुलबाट नहरमा खसेर दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ! बसमा ५६ जना सवार थिए ! घटनास्थल बाट ३६ जनाको शव निकालिएको र अन्यको खोजि जारि रहेको बिबिसीले जनाएको छ !१० जना बेपत्ता रहेको र अन्य घाईतेको अस्पतालमा उपचार भईरहेको जानकारी प्राप्त भएको छ ! नदिया जिल्लाको शिकापुर बाट मालदा जाँदै गरेको यो बस सोमबार बिहान करिब ६ बजे दुर्घटना भएको थियो ! सोमबार दिनभर उद्धार र खोजि कार्य चलेको थियो भने बेलुकी रोकियो थियो ! लगभग १० जनाको खोजि कार्य जारि रहेको जनाइएको छ!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here