बहु प्रतिक्षित नेपाली चलचित्र नेप्टेको प्रेसमिट संपन्न ।

0
687

चैत २७ काठमाण्डौ । सबैले प्रतिक्षा गरेको नेपाली चलचित्र नेप्टेको प्रेस मिट सम्पन्न भएको छ ! सो कार्यक्रममा कलाकार बुद्धि तामाङ्ग ,चलचित्र निर्माता रोहित रुम्बा, चलचित्र निर्देशक देव कुमार श्रेष्ठ .लगायत अन्य मिडिया कर्मिको उपस्थितिमा सो प्रेसमिट सम्पन्न भएको थियो ! यहि चैत्र ३० गतेबाट नेपाल भर प्रदर्शन हुने चलचित्र नेप्टेको बारेमा कलाकार बुद्धि तामांगको अन्य फिल्म हरुमा भन्दा यस फिल्म मा फरक भूमिकामा रहेको चलचित्र निर्माण टीमले बताएको छ ।आर रो साफी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा कलाकार बुद्धि तामाङका अलावा दयाहांग राई ,रोहित रुम्बा ,अर्जुन गुरुङ ,छुलठिम गुरुङ ,अरुणा कार्की पुर्णिमा लामा प्रनिशा सिलवाल,, लगायतका कलाकारको अभिनय देख्न पाइन्छ । यस फिल्ममा बाबु बोगटी ,सन्तोष राज, ओम सुनार, रोहित रुम्बाको संगीत सुन्न पाइन्छ ,त्यसै गरी यस चलचित्रमा बाबु बोगटी ,मिलन अमात्य, उदित नारायण ,शेलिना कुँवर ,ओम सुनार, सावित्री जोशी ,भिषण राइ ,दिपा लामा गायिका गायकहरुको आवाज सुन्न पाइन्छ । चलचित्रमा नृत्य निर्देशक कविराज गहतराज रहेका छन्, द्वन्दमा रोशन श्रेष्ठ ,क्यामेरामा हरी घले लामा रहेका छन् भने यस फिल्मलाई तारा थापा किम्भेले सम्पादन गरेका छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here