बाबुराम र उपेन्द्रको चाहाना पनि गठबन्धनतिरै !

0
1479

पुष १७ सोमबार काठमाण्डौ
नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि बामगठबन्धनतिरै लहसिने खालको छ ! त्यसैका लागि दुवै नेताले गठबन्धनका शिर्ष नेतृत्व संगको भेटघाटलाइ तिब्रता दीइरहेका छन् ! उपेन्द्रको ओलीसंग र बाबुरामको ओली दाहालसंगको भेटको मूल मक्सद पनि त्यसै भित्र निहित छ ! एमाले माओबादी पार्टी एकता गर्दा कम्युनिष्ट पार्टीको नाम नराखी समाजबादी नाम राखेमा आफ़ुहरुलाई पनि एकतामा आउन सहज हुने उनीहरुको तर्क छ ! आइतबार माओबादी अध्यक्ष दाहालसंग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतिको भेटको अन्तर्य पनि त्यस्भित्रै निहित रहेको माओबादी श्रोत बताउँ छ ! आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भटराईलाई मुलधारमै आउन आग्रह गरे ! बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न , उन्हाको एउतै कुरा कम्युनिष्ट भन्ने शब्द नराखी समाजबादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ ! माओबादि नेता पौडेलले भने, उँहाहरुलाई एतै ल्याउन पहल जारि छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here