बालई फरर मार्फत गायक, संगीतकार पुस्कर सुनुवार दर्शक स्रोता माझ !

0
1704

फागुन २४ काठमाण्डौ ! चर्चित गायक संगीतकार पुस्कर सुनुवारको धमाकेदार (बालई फरर) बोलको गीतको भिडियो सार्वजनिक भएको छ !, सांगीतिक क्षेत्रमा अनवरत लागि रहेका गायक संगीतकार एरेन्जर पुस्कर सुनुवार फेरी रमाइलो गीत (बालई फरर) गीत मार्फत दर्शक स्रोता माझ आएका छन् , त्यसो गायक संगीतकार पुस्कर सुनुवारका पछिल्ला गीतहरु, दिन अनि रातमा ,झ्यानाकुटी झ्यानाकुटी , नयनमा गाजल ,मायाले साह्रै ,बटर फ्लाई बटर फ्लाईले अत्यधिक दर्शक स्रोताको मन जितेको थियो ! संगीतलाई सरस्वति मान्ने गायक सुनुवारले संगीतलाई निरन्तरता दिंदै अहिले भिम बिष्टको शब्द संगीतमा (बालई फरर) गीतको भिडियो बजारमा ल्याएका छन् ! यस गीतको भिडियोलाई( टि अप क्रु)ले निर्देशन गरेका छ भने , यस गीतलाई संगीत संयोजन गायक स्वयम् सुनुवारकै रहेको छ, यस गीतको भिडियोलाई केशभराज रसाइलीले छायांकन गर्नु भएको छ भने ,त्यस भिडियोलाई अमन बधुले सम्पादन गर्नु भएको छ ,यस गीतको भिडियोमा (टि अप क्रुको) रमाइलो अभिनय देख्न पाइन्छ !यस भिडियोलाई सन्ध्या म्युजिक प्रालिले बजारमा ल्याएको छ ! अहिले सो गीतको भिडियो युट्युबमा चर्चामा रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here