बालकको अपहरणपछि हत्या, अपहरणको २ दिनपछि बोरामा भेटियो लाश।

0
475

मङ्सिर १४ काठमाडौंमा | अपहरणमा परेका एक बालकको शव भेटिएको छ । राजधानीको गोंगबुका ७ वर्षका बालक प्रयास कुँवरको शव बोरामा भेटिएको हो । बालक २ दिनअघि अपहरणमा परेका थिए ।
गोंगबुमा स्वस्तिका त्रिवेणी गेष्ट हाउस संचालन गरिरहेका प्रविण कुँवरका ७ वर्षका छोरा प्रयास कुँवर यही मंसिर ११ गतेदेखि बेपत्ता थिए ।

उनी गेष्ट हाउसको नजिकै खेलिरहेको अवस्थामा अपहरणमा परेको परिवारले बताएका थिए । उनको शव म्हेपीमा भेटिएको हो। प्रहरीले बालकको अपहरण गरी हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here