बालबालिकाले निर्मला पन्तको बलात्कार गर्नेको पत्ता कहिले लाग्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ |

0
506

पुष १८ काठमान्डौ | प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकाले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषी कहिले पत्ता लाग्छन्, भन्दै प्रश्न गरेका छन् ।

नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा सहभागी बालबालिकाले यस्तो प्रश्न गरेका हुन् ।
बालबालिकाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भरी रहेको बताउनुभयो ।

‘निर्मलाको बलात्कार र हत्याका दोषीहरूको खोजी भइरहेको छ । उनीहरू पत्ता लाग्छन् । शुरूवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान भइरहेको छ । नेपाल प्रहरीले यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अपराधी पत्ता लगाउन मैले पटक–पटक निर्देशन पनि दिएको छु ।’

साथै प्रधानमन्त्री ओलीले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने बताउनुभयो । एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छ । नयाँ पिँडीको चेहरामा मुस्कान हुनुपर्दछ । मानिसहरू भोकबाट मुक्त हुनुपर्छ । कठ्यांग्रिएर मर्ने अवस्था आउनुहुँदैन । समाज समतामूलक हुनुपर्छ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु ।’

बालबालिकाहरूले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नुपरेको सुनाउनु भएको थियो । ‘एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सिर्जना हुने होमवर्क, जस्तै घाँसदाउरा, गाईबाख्राको हेरचाह आदि,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।’

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे, ‘सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?’ प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन । र, आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुँदैनन् ।’

प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनै पर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने समेत बताउनुभयो । ‘विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषाचाहिँ नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाहिँ होइन, आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।lokantar .com |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here