बाल बिबाह बिरुद्धको अभियानमा नायिका रेखा थापा !

0
1566

फागुन २४ काठमाण्डौ ! १०८ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर काठमाण्डौको लाजिम्पाटमा भएको (म बोल्छु) कार्यक्रममा गेस्ट भएकी नायिका रेखा थापाले कार्यक्रममा आफु अहिले बाल बिबाह बिरुद्धको अभियानमा रहेको बताएकी छिन्!उनि धेरै नेपाली फिल्ममा काम गर्दा पहिलो प्राथमिकता महिलालाईनै दिएको र ,आफुले अभिनय गरेका धेरै चलचित्रमा दुखकष्ट र पिछडिएका महिलाहरुको हकहितको कथालाई समेटेर उनीहरुको न्यायको लागि फिल्म मार्फत संदेश दिएको बताएकी छिन् ,र उनले भनिन मेरो पनि बाल बिबाह भएको थियो,जब बुझ्ने भए अनि बिरोध गरे र अहिले बालबिबाह बिरुद्धको म अभियानमा छु ! र म अहिले बाल बिबाह बिरुद्धको सामाजिक अभियन्ता पनि हुँ उनले भनिन!मेरो पहिलो सोच भनेकोनै महिलाहरुलाई अगाडी ल्याउनु पर्छ भन्ने हो ,मैले हरेक पटक फिल्म बनाउँदा महिलालाई र महिलाको पीडालाई मुख्य भूमिकामा राखेर फिल्म बनाएकी हुन्छु ! र जब सम्म म रहन्छु पिछडिएका महिलाहरुको लागी राम्राराम्रा कार्यहरुमा महिला हरुलाईनै अगाडी सार्नेछु भन्दै!राजनीतिमा महिलाहरुलाई आरक्षण छुट्टयाएको भन्दै राजनीतिको घोर बिरोध पनि गरिन ! र महिला हरुलाई निडर र आत्मा बिश्वाशी भएर प्रतिस्पर्धामा उत्रिन आग्रह गरिन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here