बिकट गाउँका मानिसहरुले पनि अब मैथली भर्सनमा फिल्म (राज्जारानी) हेर्न पाउने !

0
1553

फागुन २५ काठमाण्डौ ! बिकट गाउँका जो फिल्म हेर्न घन्टौ हिनेर जानु पर्ने समस्याका बाबजुद पनि फिल्म हेर्न मन भएका तर आफ्नो गाउँबाट टाढा जानु पर्ने अवस्थाका मानिसहरुलाई मध्य नजर गर्दै राज्जारानी फिल्म निर्माण टिमले मैथली भर्सनमा नेपालमा पहिलो पटक गाउँगाउँमा फिल्म राज्जारानी देखाउने भएको छ ! नेपालमा पहिलो पटक घुम्ती सिनेमा फिचर फिल्म प्रदर्शन गर्न लागेको प्रदेश नम्बर १ र २ का मोरंगदेखि पर्सा सम्मका १० जिल्लाका गाउँहरुमा घुम्ती सिनेमा संचालन गर्न लागेको र २६ गते देखि सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ५ को लोहजरा गाउँबाट राज्जारानी मैथली भर्सनको फिचर फिल्म मार्फत घुम्ती सिनेमा अभियानको सुभारम्भ हुने ! प्रदेश नम्बर २ को सामाजिक बिकाश मन्त्रालयका माननीयमंत्री नवकिशोर शाहको प्रमुख आतिथ्य र सोहि मन्त्रालयका सचिव डाक्टर किरण रुपाखेतीको बिशेष आतिथ्यमा उक्त सिनेमाको सुभारम्भ हुने फिल्म राज्जारानी निर्माण टिमले जानकारी गराएको छ !
घुम्ती सिनेमाको उधेश्य ….
सामाजिक सांस्कृतिक ,आर्थिक तथा राजनीतिक बिषय बस्तुमा बनेको फिल्मलाई सुगम देखि दुर्गममा बसेका तथा सम्पन्न देखि बिपन्न सम्मको पहुँचमा पुर्याउन
सिनेमा हलको पहुँचबाट टाढा रहेकालाई सिनेमा देखाई मनोरंजन मार्फत सामाजीक सांस्कृतिक तथा आर्थिक रुपान्तरणको अभियानमा योगदान गर्न !
नेपालि सिनेमाको बजार बिस्तारमा मदत गर्न !
मैथली सिनेमा प्रति आम जनसमुदायको चासो जगाउन भोलिका दिनमा गुणस्तरीय मैथली सिनेमा निर्माण गर्न र सफल ब्यापारमा गर्न मदत गर्न
राजारानी मैथली सिनेमाको घुम्ती सिनेमा मार्फत गाउँगाउँमा महिला पुरुष बिचको दाइजो तथा महिला हिम्सा बिरुद्धको अभियान ब्यापक जनचेतना फ़ौलाउन घुम्ती सिनेमा फिचर फिल्म प्रदर्शन गर्न लागिएको हो !
प्रदेश नम्बर १र २ का मोरंग देखि पर्सा सम्मका १० वटा जिल्लाका गाउँगाउँमा घुम्ती सिनेमा संचालन गरिने पनि फिल्म निर्माण टीमले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here