काठमाडौं – दशैंमा घर फर्किन नपाउँदाको पीडा व्यक्त गरिएका गीतका म्युजिक भिडियोहरु सार्वजनिक भैरहेको बेला अहिले एउटा त्यस्तो म्युजिक भिडियो सार्वजनिक भएको छ, जसले बलिउडका अश्लिल गीतहरुलाई समेत बिर्साउँछ ।
निर्मल क्षेत्रीको ‘बालै फरर…’ शीर्षकको गीतको भिडियोमा मोडलहरुलाई बिकिनीमा प्रस्तुत गरेर दर्शकलाई आकर्षिक गर्न खोजिएको छ ।
यद्यपि, अश्लिलतालाई दर्शकले रुचाउन छाडे भन्ने कुरालाई प्रमाणित गर्दै एक साताअघि सार्वजनिक भएको उक्त भिडियो हालसम्म ३५ हजार ४ सय ६९ पटक मात्र हेरिएको छ ।
क्षेत्री शब्द, संगीत, स्वर तथा अभिनय रहेको उक्त गीतको उक्त गीतमा गायिका बबिना किरातीको पनि स्वर सुन्न सकिन्छ ।
गायक क्षेत्रीकै निर्देशनमा बनेको भिडियोमा सरु धिमाल र यमुना रसाइलीलाई बिकिनीमा प्रस्तुत गरिएको छ ।