बिद्यादेवी भण्डारीलाइ राष्ट्रपतिमा दोहोरीने सम्भावना एकदम न्युन !

0
1068

फागुन २२ काठमाण्डौ ! आगामी राष्ट्रपति बिद्यादेवी भण्डारी आफुनै बन्छु भनि कडा मेहनत गरिरहेकी छन् भने, यता राष्ट्रपति उम्मेदवारको गृह कार्य गर्न बसेको बैठकमा दुई पक्षको नेताहरुमा बिबाद भएको छ ! प्रधानमंत्री केपी शर्मा ओली लगायत केहि नेताहरुको छलफलमा बिद्यादेवी भण्डारी ,झलनाथ खनाल ,माधव कुमार नेपाल ,वामदेव गौतम लगायतका नेताहरुले राष्ट्रपतिको लागि नया मान्छे राख्नु पर्ने अडान लिएका छन् भने यता राष्ट्रपति भण्डारी भने आफुनै राष्ट्रपतिमा दोहोरिनको लागि भित्र भित्र कडा मेहनत गर्दै आएकी छन् ! राष्ट्रपतिका लागि एमालेका बरिष्ट नेता झलनाथ खनालले राष्ट्रपतिका लागि आफु पनि तयार रहेको बताएका छन् ! यता माधव कुमार नेपाल र वामदेव गौतमले भने उनलाईनै समर्थन गरेका छन् ! यदि मतदान गरी राष्ट्रपति छान्नु परेमा भण्डारीलाइ दोहोर्याउन नहुने पक्षमा नेताहरु खनाल ,नेपाल ,गौतम सहित चारै उपाध्यक्षहरु ,उपमहा सचिव घनश्याम भुसाल .,सचिव योगेश भटराई ,भिम आचार्य गोकर्ण बिष्ट ,स्थायी समिति सदस्यहरु किरण गुरुङ ,सुरेन्द्र पाण्डे ,मुकुन्द न्यौपाने लगायतले मत ब्यक्त गर्ने छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here